क) यो संस्था मुनाफारहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
ख) प्रदेश नं १ धनकुटा जिन्न साविक ताइवा हाल छथर गाउपालिका मा मुलवलो भई देश विदेश विभिन्न भू–भागमा विभिन्न पेशा व्यवसाय गरी स्थायी तथा अस्थायी रुपमा बसोवास गर्ने तांखुवाली भट्टराईहरु बीचमा आपसी सेवा, सहयोग, चिनजान, सद्भाव एवं भातृत्वको अभिवृद्धि गर्ने गराउने ।
ग) असहाय, अशक्त, वृद्ध, बुद्धा, बालवालिका एवं अपाङगहरुको लागि संस्थागत सेवा उपलब्ध गराउने ।
घ) जाति, भाषा, धर्म, संस्कृति, परम्परा, कला, साहित्य, वातावरण, ऐतिहासिक तथा पुरातात्विक मन्दिरहरुको संरक्षण एवं जगेर्ना गर्ने गराउने ।
(ङ) सामाजिक रुपमा मातृत्वको विकास गरी परम्परागत रिती रिवाज एवं परम्पराको सम्बन्धमा आवश्यक अध्ययन अनुसन्धान गर्ने । विकासका लागि समुदायको अवधारणालाई प्राथमिकता दिई सामाजिक विकास तथा जनचेतना अभिवृद्धि लागि शिक्षा, स्वास्थ्य, खेलकूद आयमूलक कार्यक्रमसँग सम्बन्धित कार्यहरु संचालन गर्ने ।
च) जनसहभागिता र स्वालम्बनको धारणालाई मूल आधार बनाई साधान र श्रोतको खोजी एवं परिचालन गर्ने गराउने
छ) विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्ति, संघ संस्था आदिलाई पुरस्कार दिने तथा सम्मानित गर्ने ।
ज) विभिन्न प्राकृतिक प्रकोप दुर्घटनाहरुबाट पिडितहरुलाई तत्कालीन एवं दिर्घकालीन सहयोग गर्ने गराउने ।
झ) महिला तथा बालअधिकारको उत्थान तथा संरक्षणको लागि आवश्यक कार्य गर्नुको साथै विपन्न वर्गका व्यक्तिहरुको उत्थानको लागि आय आर्जन कार्यक्रम संचालन गर्ने ।
ञ) बेरोजगार युवाहरुको लागि विभिन्न आयमुलक कार्यक्रम तथा तालिमहरु निःशुल्क रुपमा संचालन गर्न
ट) विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग सहकार्य गरी शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, कल संस्कृति लगायत समयको लागि पहल गर्ने गराउने ।
ढ) ताङखुवाली भट्टराईहरुको सामाजिक, आर्थिक, संस्कृति, राजनीतिक स्थिति, समाजले गरेका गतिविधि, अध्ययन अनुसन्धानबाट प्राप्त उपलब्धीहरुलाई विभिन्न प्रकाशन तथा संस्थाको बुलेटिन मार्फत जनसमक्ष ल्याउन कृयासिल हुने ।
ण) सामाजिक, आर्थिक, संस्कृति, राजनीतिक स्थिति लगायत समसामयिक विषयहरुमा सभा, गोष्ठी, अन्तरक्रिया, सेमिनार आयोजना गर्ने, गराउने ।

ड) निर्माणधिन सडक र अन्य क्षेत्रमा वृक्षारोपण गर्ने गराउने ।
ढ) ग्रामीण भेगमा नदि नियन्त्रण, झोलुङ्गे पुल, बाटो घाटो, खानेपानी, निर्माण गर्न पहल गर्ने गराउने ।