प्रदेश नं.१ धनकुटा जिल्लाको साविक ताङखुवा हाल छथर दोरपाटी गाउँपालिकामा हाम्रा पुर्खाहरु आई मूलथलोको रुपमा स्थायी बसोबास गरी आएको र सोही स्थायी मूलथलो हुदै स्थानान्तरण (बसाई सराई) भएर स्वदेश तथा विदेशका विभिन्न भू–भागमा फैलिई स्थायी बसोबास गरी यस काठमाडौं उपत्याका भित्र आ–आफ्नो अध्ययन, पेशा, रोजगार, व्यवसाय गर्ने उद्देश्यका साथ स्थायी तथा अस्थायी रुपमा बसोबास गरी आएका हामी समस्त ताङखुवाली भट्टराई बन्धुहरु बीचमा आपसी सद्भाव, समझदारी, बन्धुत्व (भातृत्व) को भावनात्मक सम्बन्धको विकास र विस्तारलाई सुदृण र व्यवस्थित एवं जिवन्त गराउनुको साथै, देशका विभिन्न भू–भागमा रहेर पनि मातृभुमि प्रतिको सद्भाव, प्रेम, कुल धर्म, संस्कृती, रितीरिवाज र परम्पराको जगेर्ना गर्ने, समाजमा रहेको शिक्षा स्वास्थ्य, सिचाई, बेरोजगार र गरिबी जस्ता समस्याको न्यूनीकरण गर्दै देशको चौतर्फी विकास एवं संरक्षणको लागि प्रतिबद्धताका साथै बुद्धिजिबी, समाजसेवी तथा सम्बन्धित निकायका व्यक्तिहरुको सरसल्लाह लिएर दृण संकल्पका साथ ताङखुवाली भट्टराई सेवा समाज काठमान्डौंको स्थापना भएको हो ।